
डलास, टेक्सास — यूएस नेपाल खबर
अमेरिकाको टेक्सासस्थित डलास–फोर्टवर्थ क्षेत्रमा नेपालीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘तीज फेस्ट डलास २०२६’ भव्य रूपमा आयोजना हुने भएको छ।
नमस्ते इन्टरटेनमेन्टको प्रस्तुतिमा आगामी शनिबार, सेप्टेम्बर १२ मा अर्भिङस्थित नमस्ते ग्रिल एन्ड स्पोर्ट्स बारमा आयोजना हुने कार्यक्रममा नेपालकी लोकप्रिय गायिका सिन्धु मल्ल तथा चर्चित गायक एवं संगीतकार आशिष अविरलको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
साँझ ६ बजेदेखि राति २ बजेसम्म चल्ने कार्यक्रममा नेपाली गीत–संगीत, नृत्य, तीज विशेष सांस्कृतिक वातावरण तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। मुख्य सांगीतिक कार्यक्रमपछि डिजे राजको विशेष आफ्टर पार्टीसमेत आयोजना हुनेछ।
तीजको मौलिक संस्कृति, परम्परा र नेपाली समुदायबीचको आपसी सद्भावलाई अमेरिकामा पनि जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसले डलास–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै थलोमा जोड्दै आफ्नो कला, संस्कृति र चाडपर्व सामूहिक रूपमा मनाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा प्रत्येक टिकटसँगै खीर र मिक्स अचार समावेश गरिएको छ। कार्यक्रमका लागि साधारण प्रवेश टिकटको मूल्य २५ डलर र सिटसहितको भीआईपी टिकटको मूल्य ३५ डलर निर्धारण गरिएको छ।
कार्यक्रम नमस्ते ग्रिल एन्ड स्पोर्ट्स बार, 2234 W. Walnut Hill Lane, Irving, TX 75038 मा आयोजना हुनेछ। कार्यक्रमस्थलमा निःशुल्क तथा पर्याप्त पार्किङको व्यवस्था रहनेछ। सहभागीहरूले एउटै स्थानमा नेपाली संगीत, नृत्य, खाना र तीजको उल्लासपूर्ण वातावरण अनुभव गर्न सक्नेछन्।
गत वर्षको सफलतापछि पुनः तीज फेस्ट
डलासमा गत वर्ष पनि ‘तीज फेस्ट डलास २०२५’ आयोजना गरिएको थियो। उक्त कार्यक्रममा चर्चित लोकगायक बद्री पंगेनी, गायक प्रताप दास र गायिका एलिना चौहानलगायत कलाकारहरूको सहभागिता रहेको थियो।
गत वर्षको कार्यक्रमबाट प्राप्त उत्साहजनक सहभागिता र प्रतिक्रियापछि यस वर्ष तीज फेस्टलाई अझ व्यवस्थित, आकर्षक र मनोरञ्जनात्मक रूपमा निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ।
नमस्ते इन्टरटेनमेन्टका तर्फबाट कुमार बुढाथोकीले यूएस नेपाल खबरलाई दिएको जानकारीअनुसार यस वर्षको तीज फेस्टलाई डलासमा नेपाली समुदायको प्रमुख सांगीतिक तथा सांस्कृतिक उत्सवका रूपमा आयोजना गर्ने तयारी भइरहेको छ।
“तीज हाम्रो संस्कृति, परम्परा र आपसी भेटघाटको विशेष पर्व हो। विदेशमा रहेर पनि नेपाली संस्कृति र तीजको मौलिकतालाई जोगाउँदै सबैलाई एकै ठाउँमा रमाउने वातावरण बनाउने हाम्रो प्रयास हो,” बुढाथोकीले भन्नुभयो।
आयोजकले डलास–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी दिदीबहिनी, परिवार तथा नेपाली कला–संस्कृतिप्रति रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी भएर कलाकारहरूसँगै तीज मनाउन आग्रह गरेको छ।
कार्यक्रमलाई नमस्ते ग्रिल एन्ड बार, Entreprenaari, द मण्डला र अमर क्षेत्री फाउन्डेसन लगायत विभिन्न संस्था तथा सामुदायिक साझेदारहरूले सहयोग गरेका छन्।
टिकट तथा सम्पर्क
🎟️ टिकट खरिद गर्न: teejfestdallas.tixfix.ai
भीआईपी टिकट, कलाकार प्रस्तुति, प्रायोजन तथा थप जानकारी: 📞 (830) 220-4415
कार्यक्रमस्थल आरक्षण: 📞 (972) 457-0009
यूएस नेपाल खबर सत्य • तथ्य • निष्पक्ष समाचार